श्री कालिकेश्वरी माविको स्तरोउन्नति र तुर्माखाँद बहुमुखी क्याम्पस स्थापनार्थ गर्न संचालन गरियको श्री त्रिपुरासुन्दरी ज्ञान विज्ञान धार्मिक महामहोत्सव २०८०-१०-१६ गते देखि २०८०-१०-२३ गते सम्म सञ्चालन मा आयको थियो। महामहोत्सब को नवौं दिनमा तुर्माखाँद गाउँपालिका वडा न ४ चिसी निवासी श्री कृष्णा कुमारी वयकले रु ५,००१०५ (अक्षरेपी पाँच लाख एक सय पाँच) रुपैया दान गर्नुभई सबै भन्दा ठुलाे रकम नगद दान गर्ने प्रथम सभा महानायक हुनुभएको छ।
उनी उमेरले २७ बर्ष कि हुन। चेतना बचत तथा ऋण सहकारी संस्था लि.तुर्माखाँद-०३ भैरवस्थान मा कार्यरत कर्मचारी सम्म को भुमिकामा रहेकी कृष्णा ले समाज लाई महिलाले पनि धेरै योग्य काम गर्न सक्छन् भन्ने जलन्त उदाहरण देखाइदिएकी छिन्।
तुर्माखाद गाउपालिका वडा न ०४ मुल आयोजक समिति भई संचालन गरियको उक्त महामहोत्सव को नवौ दिन मा सुदूरपश्चिम प्रदेशका माननीय सामाजिक बिकाश मन्त्री झपट बहादुर साउद ज्यु को प्रमिख अथितीमा उक्त महामहोत्सव समापन गरियको हो ।
महामहोत्सव मा पालिका अध्यक्ष,उपाध्यक्ष निबर्तमान अध्यक्ष,उपाध्यक्ष र विभिन्न पाटी का प्रतिनिधि संघ सस्था का प्रतिनिधि लगायत का हजारौं को संख्या मा उपस्तिथि थियो।