अछाम — पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ स्थित गणेश कृपा होटलमा २०८१ साल चैत ३१ गते सम्पन्न नगर युवा सञ्जालको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। बैठकमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण गर्ने निर्णय गरिएको छ। साथै, आगामी दिनमा नियमित बैठक आयोजना गरी थप निर्णयहरू लिने सहमति समेत गरिएको छ।
Save the Children तथा WAC नेपालको आर्थिक सहयोगमा संचालन भइरहेको नगर युवा सञ्जालको समन्वय तथा व्यवस्थापन सम्बन्धी विषयमा पनि बैठकमा विस्तृत छलफल गरिएको थियो।

उक्त नगर युवा संजालको कार्यक्रम मा WAC नेपालको पावर परियोजनाका फिल्ड अधिकृत रमेश रावलले प्रस्तुति दिनु भएको थियो।
सञ्जालको सञ्चालन, अध्ययन साझेदारी तथा आवश्यक सहयोगका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ।
नगर युवा सञ्जालका अध्यक्ष सुशील बटालाको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सञ्जालका सचिव डम्बर रावलले गर्नु भएको थियो।
बैठकमा सहभागी युवाहरूको सक्रियता र सहभागिताले सञ्जाललाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया