अछाम, चैत ३० – प्राज्ञिक विद्यार्थी परिषद नेपाल मङ्गलसेन नगर एकाइको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा परिषदका सुदूरपश्चिम प्रदेश सचिव श्याम भक्त भाट, प्रदेश सदस्य कृष्ण धामी, मङ्गलसेन नगर एकाइका पूर्व नगर अध्यक्ष जय बहादुर बोगटी, नगर सचिव हेमराज बिश्व, षोडशा देवी माविका शिक्षक शंकर बहादुर रावल, धन कुमार चौधरीलगायतको विशेष उपस्थिति रहेको थियो।
सांस्कृतिक तथा सामाजिक चेतनाको सन्देशसहित आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्नुका साथै आगामी दिनमा युवाहरूको सक्रिय सहभागिता र राष्ट्रिय भावना मजबुत पार्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रम मङ्गलसेन नगरको एक सार्वजनिक स्थलमा सम्पन्न गरिएको थियो, जहाँ “Happy New Year 2082” लेखेर सजाइएको थियो।
नेपाल आमाको जय!
प्रतिक्रिया