Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सुदूरपश्चिम प्रदेशको बजेट कहिले हुन्छ पास

अछाम टुडे by अछाम टुडे
सेप्टेम्बर 21, 2024
in प्रदेश
14
0
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास भएको छैन्। सोमबार आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा पेस गरेको चालु आर्थिक वर्षको बजेट अहिलेसम्म पास हुन सकेको छैन्।

असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सरकारले असार १ गते प्रस्तुत बजेट फिर्ता लिएर चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि मात्र अर्को बजेट ल्याएको हो। तर बजेटमाथि घनीभुत रुपमा छलफल हुन सकेको छैन्। दुई महिनादेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिमले कहिलेसम्म बजेट शून्यताबाट पार पाउँछ भन्ने यकिन छैन।


प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेका लागि बैठक आव्ह्रान गरेको थियो। तर शुक्रबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलहरु कांग्रेस र एमालेकै सांसदहरुले समेत बजेट तथा कार्यक्रमहरुको विनियोजन न्यायोचित नभएकाले यथास्थितिमा पारित गर्न नसकिने अडान लिएपछि पूर्वनिर्धारित बैठक स्थगित गरिएको थियो।


एमाले र नागरिक उन्मुक्ति पार्टीको साझेदारीमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। एउटै आर्थिक वर्षका लागि प्रदेश सभामा दुई पटक बजेट पेस गरिएको छ।


यसअघि चालु आर्थिक वर्षकै लागि असार १ गते तत्कालिन एमालेबाट आर्थिक मामिला मन्त्रीका हैसियतले सुरेन्द्रबहादुर पालले बजेट प्रस्तुत गरेका थिए भने सोमबार आर्थिक मामिला मन्त्री रहेका कांग्रेसका बहादुरसिंह थापाले बजेट वक्तव्य प्रस्तुत गरेका हुन्। तर बजेट पास गर्ने मिति टुंगो नलाग्दा अन्योल बढेको छ।

प्रदेश सभामा प्रस्तुत बजेटमाथिको छलफल अनिश्चित भएको सुदूरपश्चिममा दलहरुले शनिबारदेखि छलफल सुरु गर्ने समझदारी गरेका छन्। सत्तारुढ दलकै सांसदहरुले बिचौलियाको चलखेलमा बजेट निर्माण भएको भन्दै विरोध गरेपछि शुक्रबारका लागि पूर्वनिर्धारित बैठक स्थगित भएको थियो। शुक्रबारदेखि बजेटमाथि छलफल गर्ने भनिए पनि सत्तारुढ दलहरुबिचकै मतभेदका कारण बैठक बस्न सकेको थिएन।

Previous Post

स्थानीय तहको स्वमूल्याङ्कनमा ७१ अंक प्राप्त गर्दै द्रोस्रो बन्यो पञ्चदेवल बिनायक नगरपालिका

Next Post

बाढीपीडितलाई अछाम काठमाडौं सम्पर्क समितिको आर्थिक सहयोग

Next Post

बाढीपीडितलाई अछाम काठमाडौं सम्पर्क समितिको आर्थिक सहयोग

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In