नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समिती द्वारा नेपाली कांग्रेस केन्द्रिय समितिले स्थापना गरेको बिपत तथा राहत उद्घार कोषमा एकाउन हजार सहयोग गरेको छ । नेपाली कांग्रेसको केन्द्रिय कार्यलय सानेपा ललितपुरमा नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समितिका अध्यक्ष जनक बहादुर धामिले नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम जिल्ला सम्पर्क तथा समन्वय बिभाग प्रमुख नानु बास्तोलाइ सो सहयोग हस्तान्तरण गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर,नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का सभापति पुष्पराज शर्मा,नेपाल किसान महासंघका केन्द्रिय सदस्य टंक बहादुर धामी,नेपाली कांग्रेस प्रदेश अधिबेशन प्रतिनिधि गौरी भण्डारी नेपाल तरुण दल केन्द्रिय सदस्य कुबेर साउद,नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भरत बुढा,सम्पर्क समितिका उपसभापति डम्बर भण्डारी,दुर्गा तिमिल्सिना,सीता कुवर सचिव भिम कुवर,दुर्गा भण्डारी सदस्य हर्क रावल लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य नानू बास्तोलाले सो सहयोग रकम बुझी सकेपछि नेपाली कांग्रेस केन्द्रिय समितिले आव्हान गरे अनुसार नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समितिले पार्टी कोषमा सहयोग गरेकोमा समितिलाई धन्यवाद दिदै पार्टीका सबै तह तप्काले बिपत्तिमा परेका बाढी प्रभावित नागरिकहरुलाइ आ आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नु भयो । सम्पर्क समितिले असोज १८ गतेका दिन आयोजना गरिएको बिजया दशै,दिपावली,छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरि सो कार्यक्रमको खर्च बाढी प्रभावित नागरिकहरुलाइ हस्तान्तरण गर्न सहयोग पुगोस् भनेर पार्टी कोषमा जम्मा गरिएको हो ।
पार्टीले आव्हान गरेको सहयोग राहत कोषमा सबैले सहयोग गर्नु मानवीय कार्य एबम कर्तव्य रहेको ले सबैलाई आ( आफ्नो ठाउँ बाट सहयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया