Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कांग्रेसकाे क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

अछाम टुडे by अछाम टुडे
जुलाई 30, 2021
in राजनीति
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा बाँकी विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेताहरू विवाद समाधानमा जुटेका छन् । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको हिजाे बिहीवारको बैठकले क्रियाशील सदस्यता विवरणसहित प्रतिवेदनमा बाँकी रहेका विवाद पाँच दिनभित्र समाधान गर्ने गरी नेतृत्व तहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । 

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले बिहीवार बैठकमा परिमार्जनसहितको प्रतिवेदन बुझाए पनि क्रियाशील सदस्यतामा केही विवाद बाँकी नै छन् । विवाद समाधानका लागि आज शुक्रवार बिहानदेखि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता छलफलमा जुट्नुभएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

नेतृत्व तहले बाँकी विवाद समाधान गरी पार्टीको केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसमा १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार सात सय ११ पुगेको छ । बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजन तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई दिनुपर्ने सदस्यताका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीलगायत जिल्लाका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।

कांग्रेसले १४ औँ महाधिवेशन आउँदाे भदौ १६ देखि १९ गतेसम्म काठमाण्डाैमा गर्ने कार्यतालिका तय गरेको छ । यद्यपि क्रियाशील सदस्यताको काम बाँकी रहेका कारण यही साउन १२ गतेको गाउँ/नगर वडा अधिवेशन प्रभावित भइसकेको छ । 

कांग्रेसले यसअघि गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकेको थियो । यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।ujyaaloonline 

Previous Post

३३ किलाे सुन काण्डमा फरार ‘भाेजे मामा’ गाैशालाबाट पक्राउ

Next Post

सामुदायिक वनको प्रकृया प्रस्ताव पारितका लागि सँयुक्त बैठक विनायकमा सम्पन्न

Next Post

सामुदायिक वनको प्रकृया प्रस्ताव पारितका लागि सँयुक्त बैठक विनायकमा सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

विशेष

पञ्चदेवल विनायक नगरपालिकालाई महालेखा परीक्षक कार्यालयबाट सम्मान

by अछाम टुडे
जुन 30, 2025
0

अछाम, २०७८ असार १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका लागि सम्मानित भएको छ।...

Read more

चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरे, २ हराए

जुन 30, 2025

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

जुन 27, 2025

धुवाँले ढाकिएको सुदूरपश्चिम – जहाँ स्वास लिँदा पनि डर लाग्छ

जुन 26, 2025

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

जुन 26, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In