अछामको साँफेबगर नगरपालिका–१० ठाँटीमा चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरेका छन् भने २ वटा बाख्रा हराएका छन्। स्थानीय रामबहादुर बोगटीको गोठमा रातको समयमा जंगली जनावर चितुवा पसेर बाख्रामा आक्रमण गरेको हो।
मिति २०८२ असार १५ गते राति करिब ११:५० बजे तिर चितुवा बोगटीको बाख्रा बाँधिएको गोठमा पसेर ९ मध्ये ४ वटा बाख्रा मारेको र २ वटा बाख्रा हराइरहेका छन्। बाँकी ३ वटा बाख्रा भने सकुशल रहेको जनाइएको छ।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय घुघुरकोटबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) बहादुरसिंह धामीको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको छ। प्रहरीका अनुसार घटनास्थल घुघुरकोट प्रहरी कार्यालयबाट करिब २ किलोमिटर पूर्वमा पर्छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया