अछामको कमलबजार नगरपालिका वडा नं ७ सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन गरिएको छ । वडा स्थित पदमासना आधारभुत विद्यालयको भवन निमार्णका साथै विद्यालयमा आईसिटी अन्र्तगत खरिद गरिएका डिजिटल स्माट बोर्ड लगायतका सामाग्रीको अनुगमन गरिएको छ ।

यस्तै वडा कार्यालयको प्रशासकीय भवन निमार्णको समेत अनुगमन गरिएको छ । कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितीका संयोजक शारदा कुमारी बिष्ट कँवरको संयोजकत्वमा गएको अनुगमन टोलीले सो योजनाको अनुगमन गरेको हो ।

पदमासना आधारभुत विद्यालयको आईसिटी अन्र्तगत खरिद गरिएका डिजिटल स्माट बोर्ड लगायतका सामाग्री खरिदका लागी ६ लाख ५० हजार विनियोजन गरिएको थियो । यस्तै विद्यालयको माथिल्लो तला भवन निमार्णका ३३ लाख विनियोजन भएको थियो ।

वडा कार्यालयको प्रशासकिय भवन निमार्णको लागी यो आर्थिक बर्षमा २० लाख बजेट विनियोजन गरिएको छ । डिजिटल स्माट बोर्ड लगायतका सामाग्री खरिद गरि विद्यालयमा जडान गरिसकिएको छ । विद्यालयको भवन निमार्ण भईसकेको र केहि रकम भुक्तानी प्रकृया बाँकी रहेको बताईएको छ । भने वडा कार्यालयको भवन निमार्णको कार्य तिव्र गतिमा भईरहेको र असार १५ सम्म प्राविधिक स्टमेट अनुसार काम सम्पन्न हुने गरी काम भईरहेको वडा अध्यक्ष नृप बहादुर बोहराले बताउनु भयो ।
आजको अनुगमनमा समिता संयोजक शारदा बिष्ट कुँवर संगैं, समितिका सदस्य तथा वडा नं ७ का अध्यक्ष नृप बहादुर बोहरा, पालिकाका शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाल, योजना शाखा प्रमुख विरेन्द्र तिमिल्सैना, सुचना प्रविधी अधिकृत बिष्णु बोगटी, फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो

प्रतिक्रिया