Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

यूवा तथा बिद्यार्थी वनजंगल संरक्षणमा सकृय

अछाम टुडे by अछाम टुडे
मार्च 1, 2021
in समाज
45
0
34
SHARES
55
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम । जिल्लाको पुर्बी भेग पञ्चदेवल विनायक नगरपालिकामा जनजागरण यूवा क्लब लयाँटीले वनसंरक्षणलाई मुख्य प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीमा गठित सामाजिक न्यायको नारा बोकेको जनजागरण यूवा क्लबद्वारा संरक्षणका लागि अन्तरक्रिया, वनजंगलको महत्त्वको बिषयमा जनचेतना फैलाउने लगायतका क्रियाकलापमा यूवाहरु सकृय हुन थालेका छन ।

पछिल्लो समय अछाम जिल्लाका सामुदायिक वनहरुमा जथाभावी र मनपरि ढंगले हरियो काठ दाउरा काटि अवैध रुपमा काठ ओसार पसार भइरहेको छ ।

सो कुरा लाई मध्यनजर गर्दै जनजागरण यूवा क्लबका अध्यक्ष दिनेश केशीको नेतृत्वमा बिद्यार्थी युनियन , बाल सञ्जालका पदाधिकारी लगायतको सहभागीतामा फाल्गुन १६ गते आइतबार वनजंगल हेरफेर तथा जंगल भित्र जथाभावी काठ दाउरा काट्ने ब्यक्तिहरुलाई सचेतता जगाउने कार्यलाई निरन्तरता दिइएको छ ।

यूवा क्लबको साझा प्रयास र पहलमा वन कार्यालय पञ्चदेवल विनायक नगरपालिकाका सहायक वन अधिकृत चन्द्रकान्त उपाध्याय र वन रक्षक धर्म सिजापतीले कालिकादेवि सामुदायिक वनको निरीक्षण समेत गरेका हुन ।

अनुगमन पश्चात अधिकृत उपाध्यायले यसरी जथाभावी रुख काट्ने जोसुकै ब्यक्तिलाई वन ऐन अनुसार कडा भन्दा कडा कार्वाही गर्न यूवा समितिलाई निर्देशन दिए ।

हाल कालिकादेवि सामुदायिक वन संरक्षण समिति निस्कृय अवस्थामा रहेको हुँदा तत्काल उक्त समिति सकृय रुपमा नलागे डिभिजन वन कार्यालयमा उजुरी दिई कडा कार्वाहीको भागेदार बनाउने समेत चेतावनी दिए ।

कुनै एक ब्यक्तिको सम्पत्ति नभई सबैको साझा सम्पति वनजंगल भएकाले संरक्षण समिति निस्कृय नहुँन र वनजंगलमा मनपरि नगर्न समेत उक्त समितिलाई उनले आग्रह गरेका छन ।

वन जंगल संरक्षणका लागि बिशेष गरि यूवा तथा बिद्यार्थीहरुले खेलेको भुमिका प्रति आभारी हुँदै उनले आगामी दिनमा यस्ता अभियानलाई निरन्तरता दिई हरियो वन नेपालको धन भन्ने नारालाई सफल पार्न जंगल संरक्षण अत्ति आवश्यक रहेको सहाय वन अधिकृत उपाध्यायले बताए ।

देशका घना र समृद्ध पुराना वन(जङ्गलहरू मासिँदै गइरहेको बर्तमान अवस्थामा कतिपय ठाउँहरुमा यूवाहरुले संरक्षणको प्रयास गरिरहँदा अछामको पञ्चदेवल विनायक नगरपालिकामा पनि यूवाहरु सकृय भएको देखिन्छ । यूवाहरुको यो सकृयतालाई यहाँका सम्बन्धित स्थानीय तहहरुले बुझिदिन आवश्यक देखिन्छ।सुदूर आज बाट साभार

Previous Post

बनाईएको शालिक भत्काएर यहाँ गमला राखिन्छ-बिरजित बोहरा

Next Post

२०७७ फागुन १८ गते, मंगलवार आजको राशिफल

Next Post

२०७७ फागुन १८ गते, मंगलवार आजको राशिफल

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In