#मुक्तक (१) बनाईएको शालिक भत्काएर यहाँ गमला राखिन्छ
बनाईएको शालिक भत्काएर यहाँ गमला राखिन्छ
महापुरूष र ईतिहास खोज्दा समुन्द्र पारी लागिन्छ
देशको विकास गर्छौ भन्दै बोल्ने कति भेटिय यहाँ
आफ्नै घरको बिवादक,यहाँ ठुलो सिमा गाडिन्छ ।।
यहाँ सबैसंग पावर अनि ठुलो हात चाहिन्छ
जसरी खेल खेल्दै गर्दा,हारमा जित पाईन्छ ।
कसैको लागि राम्रो गरेको छु सोच्लान यिनिहरु,
आज आफ्नै परिवार माथि घात गरेको पाईन्छ ।।
अरूको राम्रो देख्दा,लुट्न चाहने धेरै भए
देश र अमर महा पुरूषको नाम मेट्ने धेरै भए
देश बिकास र समृद्धि का सपना देखाउनेहरू
समाज अनि जन्ता भुली,आफै पेल्ने धेरै भए
बिरजित बोहराूसरोवरू
चुरे गाउँ पालीका ६ गेरडे कैलाली घर भै
हाल वीरेन्द्र नगर सुर्खेत
प्रतिक्रिया