Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 7, 2020
in प्रदेश
36
0
29
SHARES
46
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

डोटी – सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । चर्को भाडा लिँदा आफूहरु ठगिँदै आएको उनीहरुको गुनासो छ । पटक–पटक ठगिएको गुनासो गर्दै आए पनि कसैले त्यसको सम्बोधन नगरेको उनीहरुको भनाइ छ ।

भारतबाट रोजगारी गरी नेपाल फर्किने अधिकांश यहाँका नागरिक भारतको गौरी फन्टाबाट त्रिनगर पुर्याएबापत दलाललाई रकम दिँदै आएको बताउँछन् । त्रिनगरमा यात्रा गर्दा गाडी व्यवसायीबाट ठगिने गरेको मुम्बईबाट अछाम जान डोटीको दिपायल पुग्नुभएका नव टमाटाको भनाइ छ । ‘गौरीफन्टाबाट त्रिनगर पुर्याएबापत दलालले पाँच सय भारु लियो, त्यहाँबाट घर आउन गाडी चढ्दा दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्‍यो ।’

उहाँ जस्तै भारतबाट रोजगारी गरी घर आउने सुदूरपश्चिमेलीहरु दिनहुँ गौरीफन्टा नाकामा लुटिँदै आएका छन् ।

भारतबाट आएका नागरिक राख्ने गौरीफन्टाको होल्डिङ सेन्टरमा प्रहरीहरु खटाइएका भए पनि प्रहरीले समेत पीडितका गुनासा नसुन्ने तथा गाडी मालिक तथा उनीहरुले खटाएका एजेण्टकै कुरा सुन्ने गरेको भारतको मदरासबाट रोजगारी गरी फर्किनुभएका डोटीको दिपायल सिलगढी नगरपालिका २ खुल्लेकका परुवा भुलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाडी मालिकले मनोमानी पैसा लिँदैछन्, यसबारे प्रहरीलाई गुनासो गर्दा सुनुवाइ नै भएन, उल्टै हप्काएर पठाए ।’ भाडा बढी लिएको विषयमा गुनासो सुन्ने निकाए नभएका कारण भारतबाट नेपाल आउने लाई निकै सास्ती हुँदै आएको त्रिनगर आसपासका स्थानीय बताउँछन् ।

सुदूरपश्चिम बस व्यवसायी समिति कैलालीले धनगढीदेखि दिपायलसम्म पाँच सय ५०, अछामको साँफे बगरसम्म सात सय ५५ तथा मङ्गलसेनसम्म नौ सय २५ रुपैयाँ भाडादर तोकेको छ । तर त्रिनगर भन्सार गेटबाट यहाँका पहाडी जिल्लामा छुट्ने गाडीका चालकले आफूखुसी धनगढीदेखि दिपायलसम्म एक हजार, अछामको साँफे बगरसम्म एक हजार पाँच सय र मङ्गलसेनसम्म दुई हजार पाँच सय रुपैयाँसम्म भाडा लिने गरेको यात्रुहरुको आरोप छ ।

थोरै सङ्ख्यामा गाडी राखिने तथा भारतबाट आएका नागरिकले बजारमा आएर गाडी चढ्न नपाइने नियम भएका कारण त्रिनगरमा मनोमानी ढङ्गले भाडा लिने गरेको भारतबाट फर्किनुभएका डोटीको बोगटान फुड्सिल गाउँपालिका ३ का लक्ष्मण साउदले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेशकुमार सिंहले यात्रु ठगिएको बारेमा तत्काल जानकारी लिएर छानबिन सुरु गर्न कैलाली जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यात्रु ठगिँदै आएको विषयमा जानकारी लिएर छानबिन सुरु गर्न निर्देशन दिएका छौँ, तोकिएको भन्दा बढी भाडा लिएको देखिए कानुन बमोजिम कारबाही हुनेछ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक ९एसपी० अनुपम राणाले पनि यात्रु ठग्ने जो कोहीलाई कारबाही हुने बताउनुभयो ।

अन्तिम अपडेटस् मंसिर २२, २०७७ jyaaloonline.com

Previous Post

आज – २२ मंसिर २०७७ सोमवार को राशिफल

Next Post

माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र ।।

Next Post

माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र ।।

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In