Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु

अछाम टुडे by अछाम टुडे
अगस्ट 26, 2021
in स्तानिय समचार
1
0
1
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अछाम जिल्लाका स्थानीय पालिकाको हरेक बर्ष बढी रहेको छ। यो बर्ष १० पालिकाको बेरुजु ४३ करोड बढी रहेको छ । यो वर्षको बेरुजु गत वर्ष भन्दा बढि देखिएको छ।

महालेखा परिक्षकको ५८नौं बार्षीक प्रतिवेदन – २०७८ अनुसार जिल्लाका दश वटा पालिकाको बेरुजु ४३ करोड ७१ लाख ३८ हजार रहेको उल्लेख छ । अछाममा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु देखिएको छ। १ अर्ब ८४ करोड ५७ लाख ९ हजार लेखा परिक्षण गरिएकोमा त्यति रकम बेरुजु देखिएको हो।

बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम १ करोड ८२ लाख ७ हजार बेरुजु देखिएको छ, त्यहाँ ७ करोड १२ लाख ३४ हजार लेखा परिक्षण गरिएको हो ।

यसैगरी साँफेबगर नगरपालिकाको ५ करोड ३७ लाख १२ हजार बेरुजु देखिएको छ जहाँ १ अर्ब २० करोड ७० लाख ६९ हजारको लेखा परिक्षण गरिएको थियो।

चौरपाटी गाउँपालिकाको १ अर्ब ६० करोड ४५ लाख २ हजार लेखा परिक्षण गरिएकोमा ४ करोड ८२ लाख ८२ हजार बेरुजु आएको छ ।

ढकारी गाउँपालिकाको ४ करोड १९ लाख ४१ हजार बेरुजु आएको छ । ढकारीको ८७ करोड ७४ लाख ९८ हजार लेखा परिक्षण भएको हो ।

यसैगरी मंगलसेन नगरपालिकाको १ अर्ब २५ करोड ४९ लाख १५ हजार लेखा परिक्षण गरिएकोमा ३ करोड ७३ लाख ६५ हजार बेरुजु देखिएको छ ।

त्यसैगरी कमलबजार नगरपालिकाको २ करोड ६७ लाख २ हजार बेरुजु देखिएको छ । नगरपालिकाको १ अर्ब २४ करोड ४१ लख ७ हजार लेखा परिक्षण गरिएको हो ।

रामारोशन गाउँपालिकाको २ करोड ५२ लाख ३ हजार बेरुजु देखिएको छ । पालिकाको ८५ करोड ६ लाख ७० हजारको लेखा परिक्षण गरिएको हो ।

तुर्माखाद गाउँपालिकाको ८३ करोड ८८ लाख ९८ हजार लेखा परिक्षण भएकोमा २ करोड ३९ लाख ४७ हजार बेरुजु देखिएको छ । मेल्लेख गाउँपालिकाको ९३ करोड ६४ लाख ५ हजार लेखा परिक्षण गएिकोमा २ करोड ३१ लाख ३६ हजार बेरुजु रहेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ।

गत वर्ष अछामका स्थानीयतहको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको थियो । यो वर्ष जिल्लाको बेरुजु रकम १ करोड २४ लाखले बढेको छ ।

गत वर्ष सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार बेरुजु देखिएको थियो भने बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम ४९ लाख २६ हजार बेरुजु देखिएको थियो ।

यो वर्ष साँफेबगरको बेरुजु घटेको भने बान्नीगढी जयगढ गाउँपालिकाको बेरुजु बढेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ । – अन्नपूर्ण

Previous Post

निर्वाचन समितिसँग छलफल गर्दै पौडेल समूह

Next Post

सामुदायिक वनको साझ सवाल पारितका लागी सयुक्त बैठक विनायकमा सम्पन्न

Next Post

सामुदायिक वनको साझ सवाल पारितका लागी सयुक्त बैठक विनायकमा सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

विशेष

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

by सागर देबकोटा
जुन 15, 2025
0

टंक प्रसाद रिमाल_अछामको ढकारी गाउँपालिका–२, साविकको हिच्मा गाविसको मध्य भागमा रहेको ऐतिहासिक बडिरुख चौतारी र यससँगै जोडिएको जाल्पा देवी मन्दिर आज...

Read more

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

भारतमा रहेका युवाको पहलमा अछाम डाडिगडेमा जाल्पा देवी मन्दिर निर्माण सम्पन्न

जुन 4, 2025

चौरपाटीको शान्ति देवी माविमा आत्महत्या र लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

मे 28, 2025

मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा

मे 25, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In