अछाम, कमलबजार — कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालयको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ।
वडा कार्यालयको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सत्यराज तिमिल्सैनाको अध्यक्षयता भएको कार्यक्रम मा नगर प्रमुख यज्ञ प्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो भने उप–प्रमुख सारदा बिष्ट कुवर विशिष्ट अतिथि रहनु भएको थियो।
समारोहका क्रममा नयाँ भवनको रिबन काटी उद्घाटन गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवी र सर्वसाधारणको उपस्थिति रहेको थियो।
कमलबजार नगरपालिकाले जनतालाई सहज, गुणस्तरीय र प्रभावकारी सेवा दिनका लागि वडा स्तरमै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ। वडा नं. ५ मा नवनिर्मित कार्यालय भवन सञ्चालनमा आएसँगै सेवाग्राहीलाई थप सहजता हुने विश्वास लिइएको छ।







प्रतिक्रिया