जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत सञ्चालन भएका क्रियाकलापको अनुगमन गरिएको छ । जिल्लाका १० वटै पालिकामा सञ्चालनमा रहेको उक्त परियोजनाका मध्यपहाडी करिडोर अन्र्तगतका क्षेत्रमा शनिबार अनुगमन गरिएको हो ।
जस अन्र्तगत पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका, मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिकामा लागु भएका कार्यक्रमको अनुगमन गरिएको छ भने बाँकी रहेका पालिकाहरुमा यसअघि समेत अनुगमन गरिएको थियो । आर्थिक बर्ष २०७९/८० मा परियोजना मार्फत सञ्चालन भएका कार्यक्रम तथा क्रियाकलापहरुको अनुगमन गरिएको परियोजना ईकाइ कार्यान्वयन प्रमुख तथा कृषी अधिकृत युवराज बिकले बताए ।
पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. १ मा रहेको नमुना बाख्रा खोर प्रर्दशनको कार्यक्रम, मंगलसैन नगरपालिका वडा नं. ५ मा रहेको आलु उन्नत प्रबिधी प्रदर्शन, कमलबजार नगरपालिका वडा नं. ६ बिरपथमा रहेको बाख्रा खोर सुधार कार्यक्रम र साँफेबगर नगरपालिका वडा नं. ८ मटेनामा निर्माणधिन हाईटेक टनेलको अनुगमन गरिएको हो ।
उक्त क्षेत्रमा लागु भएका कार्यक्रम तथा क्रियाकलापहरु सन्तोषजनक रहेको र यसले गर्दा कृषकहको जिवीकोपार्जन र आर्थिक सुधार हुने देखिएको अनुगमनमा सहभागी जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरले बताए । १५ लाखको लागतमा मटेनामा निर्माण भईरहेको हाईटेक टनेल यस क्षेत्रका कृषकहरुका लागि सिकाईको रुपमा प्रयोग गरिने कृषी अधिकृत बिकले बताए ।
प्रधानमन्त्री कृषी परियोजना अन्र्तगत अछाम जिल्लाका लागि यस बर्ष ३ करोड बजेट रहेको थियो भने १० पालिका मध्ये ५ पालिकामा बाख्रा र बाँकि ५ पालिकामा आधुनिक कृषी आुली जोनका रुपमा छनोट गरिएको थियो । साँफेबगर, बान्नीगढी, मेल्ललेख, रामारोशन र मंगलसैनमा आलु जोन र कमलबजार, बिनायक, चौरपाटी, ढकारी र तुर्माखाँदमा नमुना बाख्रा फारमका रुपमा परियोजना लागु गरिएको छ ।
जिल्ला समन्वय समिती अछामका प्रमुख सहित परियोजनाका कर्मचारी, पत्रकारहरुको टोलीले कार्यस्थलमा भएका गतिविधीको अनुगमन गरिएको हो ।
प्रतिक्रिया