Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत संचालन भएका क्रियाकलापको अनुगमन

अछाम टुडे by अछाम टुडे
जुलाई 1, 2023
in अछाम बिशेष, स्तानिय समचार
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

अछाम : जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत सञ्चालन भएका क्रियाकलापको अनुगमन गरिएको छ । जिल्लाका १० वटै पालिकामा सञ्चालनमा रहेको उक्त परियोजनाका मध्यपहाडी करिडोर अन्र्तगतका क्षेत्रमा शनिबार अनुगमन गरिएको हो ।

जस अन्र्तगत पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका, मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिकामा लागु भएका कार्यक्रमको अनुगमन गरिएको छ भने बाँकी रहेका पालिकाहरुमा यसअघि समेत अनुगमन गरिएको थियो । आर्थिक बर्ष २०७९/८० मा परियोजना मार्फत सञ्चालन भएका कार्यक्रम तथा क्रियाकलापहरुको अनुगमन गरिएको परियोजना ईकाइ कार्यान्वयन प्रमुख तथा कृषी अधिकृत युवराज बिकले बताए ।

पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. १ मा रहेको नमुना बाख्रा खोर प्रर्दशनको कार्यक्रम, मंगलसैन नगरपालिका वडा नं. ५ मा रहेको आलु उन्नत प्रबिधी प्रदर्शन, कमलबजार नगरपालिका वडा नं. ६ बिरपथमा रहेको बाख्रा खोर सुधार कार्यक्रम र साँफेबगर नगरपालिका वडा नं. ८ मटेनामा निर्माणधिन हाईटेक टनेलको अनुगमन गरिएको हो ।

उक्त क्षेत्रमा लागु भएका कार्यक्रम तथा क्रियाकलापहरु सन्तोषजनक रहेको र यसले गर्दा कृषकहको जिवीकोपार्जन र आर्थिक सुधार हुने देखिएको अनुगमनमा सहभागी जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरले बताए । १५ लाखको लागतमा मटेनामा निर्माण भईरहेको हाईटेक टनेल यस क्षेत्रका कृषकहरुका लागि सिकाईको रुपमा प्रयोग गरिने कृषी अधिकृत बिकले बताए ।

प्रधानमन्त्री कृषी परियोजना अन्र्तगत अछाम जिल्लाका लागि यस बर्ष ३ करोड बजेट रहेको थियो भने १० पालिका मध्ये ५ पालिकामा बाख्रा र बाँकि ५ पालिकामा आधुनिक कृषी आुली जोनका रुपमा छनोट गरिएको थियो । साँफेबगर, बान्नीगढी, मेल्ललेख, रामारोशन र मंगलसैनमा आलु जोन र कमलबजार, बिनायक, चौरपाटी, ढकारी र तुर्माखाँदमा नमुना बाख्रा फारमका रुपमा परियोजना लागु गरिएको छ ।

जिल्ला समन्वय समिती अछामका प्रमुख सहित परियोजनाका कर्मचारी, पत्रकारहरुको टोलीले कार्यस्थलमा भएका गतिविधीको अनुगमन गरिएको हो ।

आधुनिक कृषी आत्म निर्भर जीवीकोपार्जन गर्ने माध्यम बन्नुपर्छ : पूर्व मन्त्री शाह ।

यसैबिच साँफेबगर नगरपालिका वडा नं. ८ मा रहेको आत्मगौरब कृषी सहकारी संस्थाका १ सय ६५ जना सदस्यहरुलाई कृषी सामाग्री समेत वितरण गरिएको छ । परियोजना मार्फत १५ लाख बराबरको लगानीमा प्राप्त भएका प्लाष्टिक टनेल लगायतका कृषी सामाग्री वितरण गरिएको हो ।

सामाग्री बितरण कार्यक्रममा प्रमुख अथिति रहेका पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोन्विन्द बहादुर शाहले आधुनिक कृषी स्वयम व्यक्ती आत्म निर्भर र जीवीकापार्जनका गर्ने माध्यम बन्नु पर्ने बताएका छन् । आधुनिक कृषी र फलफुल खेति गरे मात्रै नागरिक कुपोषणमुक्त हुने भएकाले यसमा सबै कृषकहरु लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बिशष्टि अथिति रहेका जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवरले आगामी ५ बर्षमा अछाम जिल्लालाई एभोकाडोमय जिल्लाका रुपमा बनाउन लागि परको बताए । अबको १ बर्ष केही पालिकामा एभाकाडो फल्ने र अरु पालिकामा समेत सोको बिरवा बितरण गरिने उनले बताए । कृषकहरुले पनि आधुनिक कृषी तथा फलफुल खेती गर्न तर्फ आर्कर्षित हुनुपर्ने उनको भनाई थियो ।

कृषी सहकारी संस्थाका अध्यक्ष टंक ताम्राकारको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रममा समाजसेवी तथा कांग्रेस नेता अर्जुन ताम्राकारले आफु संस्थाको संस्थापक हुदाँ देखि नै आधुनिक कृषीलाई जोड दिएको बताए । कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कालु सिंह कुँवर लगायतको सहभागीता रहेको थियो ।

Previous Post

डोटीमा १० वर्षीय बालकको पानीमा डुबेर मृत्यु

Next Post

जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना मध्यपहाडी करिडोर अन्तर्गतका क्षेत्रमा अनुगमन

Next Post

जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना मध्यपहाडी करिडोर अन्तर्गतका क्षेत्रमा अनुगमन

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In