काठमाडौं – नेकपा ९एमाले०का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नराख्ने बताउानुभएको छ । बालुवाटारमा आज आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उहाँले केही दिनअघि आएको नेता नेपालको भनाइको जवाफ दिनुभएको हो ।
केही दिन अघि पत्रकारहरुसँगको अन्तक्रियामा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको र अस्वीकार गरेको बताउनुभएको थियो । ओलीले आज त्यसैको जवाफ दिनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेता नेपाल नेपाली कांग्रेसमा जानसक्नेसमेत दाबी गर्नुभयो ।
‘शेरबहादुर देउवाको पार्टी ज्वइन गर्न सक्छन् । पछि प्रचण्डको पार्टी एकै हुने हो । माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो’, ओलीले प्रतिप्रश्न गर्नुभयो, ‘मलाई बौलाहा कुकुरले टोकेको छ र रु यस्तो मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला रु एक ढंगले प्रचण्डको पुछार हुन् ।’
प्रतिक्रिया