Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

अछाम टुडे by अछाम टुडे
जुन 28, 2021
in राजनीति
1
0
1
SHARES
1
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन् । लोकतान्त्रिक सचेतना अभियानले आज यहाँ आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तक्र्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र वडा तहदेखि केन्द्रसम्म नै महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताए । उनले महिला क्षमतावान र सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रबाटै असहयोग हुने गरेको गुनासो गरे ।

स्थानीय तहमा महिला सहभागिता विस्तारै बढ्दै गए पनि केन्द्रमा भने अत्यन्त न्यून रहेको उनको भनाइ थियो । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको पदाधिकारीमा महिलालाई स्थान दिनेबारे विधान बनाउँदा कमजोरी भएको बताए ।

“आगामी महाधिवेशनबाट काँग्रेस पदाधिकारीमा युवाहरु आउनु पर्दछ” उनले भने । अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधि र विधानमा चल्न नसक्दा अहिलेको अवस्था आएको बताए ।

“पार्टीभित्र विधि र विधानको शासन हुनुपर्छ, व्यक्तिको शासन होइन,” उनले भने । तल्लो तहबाट नै पार्टीलाई समावेशी बनाउनुपर्ने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य सीता गुरुङले काँग्रेससँगै स्थापना भएको नेपाल महिला सङ्घले अहिलेसम्म पार्टीको नेतृत्व गर्न नपाउनु दुःखद् कुरा भएको बताए । पार्टीभित्र महिला अधिकारका लागि अझै लड्नुपर्ने अवस्था रहेको छ, भने ।

अर्का केन्द्रीय सदस्य सरिता प्रसाईँले काँग्रेसले नबयाँ र पुराना क्रियाशील सदस्यतालाई समेटेर अगाडि बढाए मात्र पार्टी बलियो हुने बताए । पार्टीभित्रका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन हुन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।

सो अवसरमा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडा, काँग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङ, ताप्लेजुङका सभापति लीला वोखिमलगायतले केन्द्रीय कार्यसमितिमा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिए ।

Previous Post

नेपालमा अझै तीन दिन भिषण बर्षाको सम्भावना, सतर्क रहन आग्रह

Next Post

माधबकुमार नेपाललाई प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र – प्रधानमन्त्री केपी शर्माओली

Next Post

माधबकुमार नेपाललाई प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र - प्रधानमन्त्री केपी शर्माओली

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In