महाकाली नदीनै थुनिने र नेपाली भूमि कटान हुने र बाटो क्षतिग्रस्त बनिरहेको सन्दर्भमा समेत नेपाल सरकारले अझै सम्म कुनै आधिकारीक पहल गरेको छैन ।
पटक पटक सञ्चार माध्यममा समाचार प्रकाशित भए पनि सरकारले औपचारीक रुपमा भारतसँग कुनै पत्राचार र ध्यानाकर्षण गराएको छैन ।
स्थानीय प्रयासका रुपमा दार्चुला जिल्ला प्रशासन कार्यलयका तर्फबाट भारतीय अधिकारीलाई लेखिएको पत्रको भारतले जवाफ फर्काएको छैन ।
बरु उसले निरन्तर महाकाली थुनिने, बहाब परिवर्तन हुने र नेपालको भूमिमा क्षति पुर्याउने काम जारी राखेको छ ।
यस अघि पनि भारतले नेपाली भूमिमै मानसरोबर जोड्ने सडक खनेपछि त्यस बिरुद्ध नेपालीहरुले चर्को बिरोध गरेका थिए भने सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नयाँ नक्सा समेत सार्वजनिक गरेको थियो ।
अहिले दार्चुलामा महाकालीनदीमा भारतले गरीरहेको ज्यादतीबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै पत्राचार, संवाद वा धारणा सार्वजनिक गर्न सकेको छैन ।
नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी निर्माणाधीन धार्चुला–लिपुलेक सडक विस्तारका क्रममा चट्टान खसेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु जोड्ने नेपालतर्फको बाटो भत्किएपछि गृहले सीमा क्षेत्रमा भएका यस्ता गतिविधि रोक्नका लागि कूटनीतिक माध्यमबाट पहल गर्न मंगलबार गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो ।
महाकाली नदी तटीय क्षेत्रमा भारतबाट भइरहेका ज्यादती रोक्नका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको हो ।
नेपाली भूमिमा अतिक्रमण गरी मानसरोबर जोड्ने गरी भारतले बनाएको सडकको नेपालले विरोध गरेर वार्ताको पहल गरेपनि यस एजेण्डामा भारतीय पक्षले सकारात्मक धारणा दिन सकेको छैन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न
मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...
Read more






प्रतिक्रिया