काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ६ सय ९४ र एन्टिजेन परीक्षणमा ७ सय १३ जना गरी २ हजार ४ सय ७ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया