भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको यो सडकले नेपाल–भारतबीच फेरि सीमा विवाद चर्काएको छ।
शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा उद्घाटन गरेको ७८ किलोमिटर लामो यो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ।
यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ। रासस
प्रतिक्रिया