Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

आजदेखि नयाँ शैक्षिक शत्र सुरु हुँदै

अछाम टुडे by अछाम टुडे
अप्रिल 16, 2023
in समाज
11
0
8
SHARES
13
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । 

यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ । 

यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको छ । निजी मुद्रणले कक्षा १–५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन् । पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् । 

केन्द्रका अनुसार शनिबारसम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् । तराईका जिल्लामा पाठ्यपुस्तक पु¥याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पु(याइसकिने दाबी गरे ।

केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयका साथै उपत्यकाबाहिरका आठवटा डिपोबाट पाठ्यपुस्तक वितरण गरिरहेको छ । सानोठिमीको डिपोबाट उपत्यकाका तीनसहित दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लागि पाठ्यपुस्तक वितरण गर्ने गरिएको छ ।

 मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरिसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

बैतडीमा जिप दुर्घटना हुँदा ज्यान गुमाएका परिवारलाई सहयोग

Next Post

परराष्ट्रमन्त्रीमा एन.पी साउदले आजै शपथ लिने

Next Post

परराष्ट्रमन्त्रीमा एन.पी साउदले आजै शपथ लिने

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In