गजल
नियम अगाल्ने,कानुन अगाल्ने शासन त हो गणतन्त्र ।
भोका,नाङ्गा,दीनदुस्खी समाल्ने शासन त हो गणतन्त्र ।।
पढेको छु,सिकेको छु,सिकाउनै पर्दैन कसैले सिद्धान्त ,
भत्केको घर,जलेको झुपडी टाल्ने शासन त हो गणतन्त्र ।।
मकै खाएको छु, कोदो खाएको छु र त बुझेको छु मैले,
ठिक के होरुबेठिक के होरु चाल्ने शासन त हो गणतन्त्र ।।
लाग्छ,अँध्यारै छ गाउँ बस्ति,अँध्यारै छ उसको अनुहार,
यस्तै यस्तैमा उज्यालो बत्ती बाल्ने शासन त हो गणतन्त्र ।।
उसको ज्याजती देखेर,गरीब अनि मझदुर एकजुट भएर,
क्रुद्ध निरंकुश,सामन्त शासक ढाल्ने शासन त हो गणतन्त्र ।।
गोपाल बिष्ट ,चिन्तन, अछाम