म सानो छदा, सबै आफ्नो थियो,
घर,आगन खेतबारी आफ्नो थियोे ,
घास ,दाउरा,मेलापात ,चौतारी आफ्नो थियो,
धारा पाटि ,पौवा पधेरो आफ्नो थियो,
भन्नूपर्दा,छर छिमेक,सेरोफेरो सबै आफ्नो थियो,।
जब ,म ठुली भए,
आमाले गाउँ देखाउनु भयो,
ऊ छोरी तिम्रो गाउँ ,
मैले सोधे, किन आमा रु
तिम्रो दुलाह त्यही गाउँमा जन्मेको छ ।
आमाले भन्नूभयो,
केही वर्षपछि बाले सहर देखाउनु भयो,
ऊ छोरी तिम्रो सहर,
मैले सोधे , किन बाबा रु
तिम्रो दुलाह त्यही सहरमा छ ।
म हुर्किदै गए
एकदिन दाइले महल देखाउनु भयो,
ऊ बहिनी तिम्रो महल,
किन दादा मैले सोधे,
तिम्रो दुलाह त्यही महलमा जन्मेको छ ।
जब ,म पढ्न थाले अक्षरहरू,
जब म बुझ्न थाले शब्दहरू ,
लामालामा अनुच्छेदका
जब म लेख्न थाले भावहरू,
अनि, सोच्न थाले,
किन आमाले अर्को गाउँ ,
बाबाले अर्को सहर,
दाइले अर्को महल खोजदैछन् ।
यही कुराले पिरोल्थ्यो मलाई ,
दैनिन्दिनी,
म सम्झिरन्थे
मेरो बत्ती नभएको अँध्यारो गाउँ ,
बस्तीका मधुरा अनुहारहरू ,
मेरो घर नजिकैको स्कुल ,
मैले लगाएको स्कुल पोषाक,
बाको रातो कलम समात्ने सपना,
आमाको समाज सेवाको भावना ,
यस्तै यस्तै कुराले,
जडसुत्र भएर बसेको छ मेरो सपना,
एउटा देशको कुशल प्रशासक,
देशको निस्वार्थ सेवा ,
तैपनि,लागिरहन्छ् मनमा,
छोरीको मनोबिज्ञान बिगार्ने ,
मेरो परिवार, मेरो छिमेक ,मेरो समाज ,
छोरीलाई गाउँ खोज्न थाल्छ,
सहर खोज्न थाल्छ,
महल खोज्न थाल्छ,
धिकार छ,
दुलाह,जन्ती ,डोली,सिन्दुर खोजेर
हिंसाको निम्तो दिने मेरो कुसंस्कारलाई ,
गोपाल बिष्ट ,चिन्तन,अछाम


प्रतिक्रिया