Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

२०७७ पुस १९ गते,आइतवार राशिअनुसार प्रत्यकको भाग्यफल हेर्नुहोस-अछाम टुडे

अछाम टुडे by अछाम टुडे
जनवरी 3, 2021
in विशेष
108
0
84
SHARES
135
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२०७७ पुस १९ गते, आइतवार, ३ जनवरी २०२१। पौष कृष्णपक्ष, चतुर्थी तिथि
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि समस्या पहिल्याउन सकिनेछ। अवसर आए पनि हडबडीले काम बिग्रन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगीहरूले साथ दिनाले काम सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै राम्रो प्रतिफल पाइनेछ। नयाँ काममा हात हाल्ने समय छ। कृषिकर्म र व्यावसायिक कामको योजना अघि बढ्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ, दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ। महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ। खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ। व्यवसाय थाल्न सरसापट लिनुपर्ने हुन सक्छ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परोपकारी भावना जागृत हुनाले तारिफयोग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

Previous Post

तोलीको केतुकाँनाँ टोलमा किशोर किशोरीहरूको रूपान्तरण समूह गठन

Next Post

सांसद बोगटी ओली समूहमा

Next Post

सांसद बोगटी ओली समूहमा

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In