अछामः वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, आस्था नेपाल अछामको आयोजना र पन्चदेवल बिनायक नगरपालिका वडा नं. ६ तोलीको समन्वयमा पन्चदेवल बिनाएक नगरपालिका वडा नं ६ तोलीको केतुकाँनाँ टोलमा किशोर किशोरीहरूको रूपान्तरण समूह गठन गरिएको छ।
नारायण तारामीमगरको अध्यक्षतामामा भएको उक्त कार्यक्रममा त्यस वडाका वडा सदस्य ललित तारामी मगर प्रमुख अतिथि रहनु भएको थियो। बढ्दो उमेर संगसंगै किशोर किशोरीमा आउने शारीरिक , मानसिक र संवेगात्मक परीवर्तनले उनीहरूको जीवनमा पर्न सक्ने नकारात्मक असरहरूबाट उनीहरूलाई बचाउने शिक्षा र उनीहरूको जीवनमा आवश्यक पर्ने जीवन उपयोगी सीपहरू सिकाउने उदेश्यका साथ यो समूह गठन गरिएको हो। बिकट समुदायमा बसोबास गर्ने जोखीम बालबालिकाहरूको जीवनमा सुधार र सचेतनामा बृध्दिगर्न यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने कुरा वडा सदस्यले बताउनु भएको थियो। करीव ४० जना जतिको सहभागीता रहेको उक्त कार्यक्रमबाट कमला बलामी मगरको संयोजकत्वमा ३० सदस्यीय रूपान्तरण समूह गठन गरिएको छ ।
जस समुहको साथी शिक्षकमा सर्जन तारामी मगर र देवीसरा तारामी मगर रहनु भएको छ। कार्यक्रममा वाक नेपाल अछामका महेन्द्र नेपाली, आस्था नेपाल अछाम बालस्पोन्सरसीप परियोजनाका सामाजिक परिचालक लक्ष्मी रावल लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण आस्था नेपाल अछाम बाल संरक्षण परियोजनाका सामाजिक परिचालक जनक बहादुर बडुवालले गर्नु भएको थियो।
प्रतिक्रिया