पार्बती भट्ट को यो मार्मिक गजल
हिजोको समय चिनजानमा सकियो
हुदाहुदै आज घमासानमा सकियो
कुन आधारले लेखुँ , तिमीलाई प्रेमपत्र
मन भड्किएछ प्रेमएकै घानमा सकियो
निभेको चुल्हो बाल्न यति मुस्किल रैछ
भएभरको तागत ओदानमा सकियो
एउटा प्रश्न मेरो पनि छ आस्तिकहरूसँग
कसरी भक्तको शक्ति भगवानमा सकियो
थकितले चिरविश्राम खोजेको पो हो कि
अकस्मात् एक जीवन मचानमा सकियो
प्रतिक्रिया