अछाम -जिल्लाको तुर्माखाँद गाउँपालिकामा कार्यरत इन्जिनियर हिक्मत बुढा घटनाको दुई महिना बितिसक्दा समेत सत्य तथ्य छानबिनमा ढिलाई भैरहेको छ ।असार मसान्तको चटारोमा गाउँपालिकाका प्राविधिक प्रमुख कार्यालय समयमै कोठा भित्र मितृ अवस्थामा भेटिनु घटना रहस्यमय हुँदाहुँदै प्रहरीद्वारा अनुसन्धानको दायरा साँघुरिदै गएको पारीवारिक स्रोतले जानकारी दिएको हो ।
गत असार २८ गते आफ्नै कोठा भित्र बिहान साढे ११ बजे झुन्डिएको अवस्थामा फेला परेका इन्जिनियरको भोलिपल्ट पोष्ट्रमाटम रिपोर्ट आत्मह’त्या भनेर आएको थियो ।उनले आत्मह’त्यानै गरेपनि किन गरे भन्ने रहस्य अहिले सम्म खुल्न सकेको छैन । यता पारिवारिक स्रोतका अनुसार उनलाई घरपरिवार बाट कुनै दबाव तथा करकाप नदिएको पाइएको छ ।
उता जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अनुसन्धान भइरहेको र माथि बाट कल तथा म्यासेन्जर रिपोर्ट आउन केहि ढिलाई भइरहेको छ। इन्जिनियर बुढाको घटना छानवीनका लागि गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयबाट दबाब सिर्जना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब निरीक्षक तुल्सीराम अर्यालले बताए ।
स्व इन्जिनियर बुढाको परिवारबाट उनी कार्यरत गाउँपालिकाका केहि संकास्पत ब्यक्तिका नाममा किटानी जाएरी आएको भएपनि कुनै तथ्य विना मुद्दा दर्ता नगरेको प्रहरी निरीक्षक अर्यालको भनाई छ । घटना छानवीनका लागि प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।स्व। इन्जिनियर हिक्मत बुढा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका हुन । उनी लयाँटीकै पहिलो सरकारी इन्जिनियर हुन । इमानदार , शालीन तथा कुसल इन्जिनियर गुमाएका उनका परिवारले न्यायको प्रत्याभूत गर्न पाएका छैनन । सुदूर आज
प्रतिक्रिया