भदौ १५, २०७८ – अमर सुनार
दैलेख – प्रमुख विपक्षी दल नेकपा ९एमाले०भित्रको विवादले औपचारिक विभाजनमा पुगिसकेपछि दैलेखका स्थानीय तहका जनप्रतिनिधिहरु पनि आफ्नो समर्थन कहाँ रहने भनेर खुलाउन थालेका छन् । प्रष्ट रुपमा खुलेका हिसावले एमालेमा रहने झण्डै ६० प्रतिशत र नेकपा ९एकीकृत समाजवादी० समर्थन गर्ने ४० प्रतिशत भन्दा बढी देखिएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमा ७ वटा स्थानीय तह जितेको १४ जना प्रमुख तथा उपप्रमुख मध्ये ८ जना एमालेमै रहने जनाएका छन् भने ६ जनाले एकीकृत समाजवादीमा जाने औपचारिक रुपमा मुख खोलेका छन् ।
जिल्लाका ११ स्थानीय तहका ९० वडा मध्ये ५३ वटा वडाहरुमा वडाध्यक्ष सहित सबैजसो वडा सदस्य जितेको एमालेका ३१ जना एमालेमै रहने जनाएका छन् भने कम्तीमा २२ जना वडाध्यक्षले एकीकृत समाजवादी जाने बताएका छन् ।
स्थानीय तहका एमालेबाट जितेका प्रमुख तथा उपप्रमुख मध्ये मूलघर एमालेमै रहनेहरु ८ जनाको संख्या त्यो पार्टीबाट जितेकाहरुको ५७ दशमलव १५ प्रतिशत हुन्छ भने एकीकृत समाजवादीमा जान चाहनेहरुको संख्या ६ जना चाहिँ ४२ दशमलव ८५ प्रतिशत समर्थन देखिएको छ ।
दैलेखका ११ स्थानीय तहका ९० वटा वडा मध्ये ५३ वडा जितेको एमालेका ३१ जना मूलघरमा रहने जनाएका समर्थकहरुको संख्या पनि ५८ दशमलव ५० प्रतिशत र एकीकृत समाजवादी गोलबन्द हुन चाहेका २२ जना वडाध्यक्षहरुको संख्या ४१ दशमलव ५० प्रतिशत हुन्छ ।
प्रतिक्रिया