२८ साउन, काठमाडौं – आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजनामा आज देशभर बिभिन्न कार्यक्रम गरिँदैछ । ‘खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’भन्ने मूलनाराका साथ दिवस मनाइन थालिएको हो ।
आज बिहान साढे १० बजेदेखि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवाको शुभकामना सन्देशका साथ जुमका माध्यमबाट कार्यक्रम गर्न लागिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो ।
युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी रुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउनथालेको हो ।
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवानीति, २०७२ मायुवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ । सरकारले २०७२ मायुवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशतयुवा रहेका छन् ।
प्रतिक्रिया