Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

अछाम टुडे by अछाम टुडे
जुलाई 14, 2025
in विशेष
78
0
61
SHARES
99
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल विनायक, अछाम –
सुदूरपश्चिम प्रदेश सरकारले पारित गरेको स्थानीय सेवा ९गठन तथा सञ्चालन ऐन, २०८१ अन्तर्गत कर्मचारी समायोजनसम्बन्धी व्यवस्थामा देखिएको अन्याय विरुद्ध पञ्चदेवल विनायक नगरपालिका सहित प्रदेशभरका स्वास्थ्यकर्मीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।

हाल संघीय स्वास्थ्य सेवाबाट समायोजन भई स्थानीय तहमा चौथो र पाँचौँ तहबाट क्रमशः पाँचौँ र छैठौँ तहमा पुगेका स्वास्थ्यकर्मीहरू सेवाकाल पाँच वर्ष पूरा भइसकेका वा हुन बाँकी अवस्थामा छन्।

ऐनको दफा ९ को उपदफा ४ अनुसार, समायोजन पश्चात पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई मात्र एकपटकका लागि एक तह बढुवा (स्तरवृद्धि) दिने व्यवस्था गरिएको छ। यदि सेवा अवधि पुगेकै आधारमा तह वृद्धि दिइने हो भने, उक्त व्यवस्था संघीय कानुनसँग बाझिन सक्ने सम्भावना रहन्छ। संघीय कानुनसँग मेल नखाने अवस्था आएमा त्यस प्रकारको व्यवस्था स्वतः खारेज हुने कानुनी प्रावधान पनि छ।

तर, प्रदेश सरकारले उक्त व्यवस्था प्रष्ट रूपमा नबुझी, माथिल्लो तहमा कार्यरत र उच्च शैक्षिक योग्यता भएका कर्मचारीभन्दा तल्लो शैक्षिक योग्यता भएका कर्मचारीहरूलाई जेष्ठता दिन थालेको पाइन्छ। यसले लोकसेवा आयोगमार्फत सिफारिस भई आएका पुराना तथा योग्य कर्मचारीहरूको मनोबलमा गम्भीर असर पारेको छ। आफूहरू अन्यायमा परेको महसुस गर्दै सम्बन्धित कर्मचारीहरूले यस निर्णयको विरोध जनाएका छन्।

स्वास्थ्यकर्मीहरूद्वारा प्रमुख प्रशासकीय अधिकृतमार्फत नगरपालिकालाई बुझाइएको ग्यापन पत्रमा, न्यायोचित माग सम्बोधन नभएसम्म सेवा प्रवाह गर्न नसकिनेू स्पष्ट उल्लेख गरिएको छ। साथै, आन्दोलनका कार्यक्रमहरू मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढी केन्द्रित हुने जनाइएको छ।

स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भएकाले आम नागरिकलाई यसबाट पर्न जाने असुविधाप्रति क्षमा माग्दै, आन्दोलनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार र सम्बद्ध निकायले लिनुपर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।

यस आन्दोलनमा सुदूरपश्चिम प्रदेशका ८८ वटा पालिकाका स्वास्थ्यकर्मीहरू स्वतन्त्र रूपमा सहभागी भएका छन्।

Previous Post

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

Next Post

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

Next Post

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

by अछाम टुडे
जुलाई 27, 2025
0

रुस — खगेन्द्र धामी हालै सम्पन्न निर्वाचनबाट गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमितिमा सचिव (Secretary) पदमा चयन भएका छन्।...

Read more

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In