Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अछामका योजनाहरूको अनुगमन तीव्र, जिसस अछामद्वारा पञ्चदेवल विनायकमा स्थलगत अनुगमन

सागर देबकोटा by सागर देबकोटा
जुन 24, 2025
in विशेष
14
0
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

विनायक,अछाम । जिल्ला समन्वय समिति ९जिसस० अछामले जिल्ला भित्र सञ्चालनमा रहेका विकास योजनाहरूको अनुगमन कार्यलाई तीव्रता दिएको छ। उपप्रमुख दानमती बम शाहीको संयोजकत्वमा मङ्गलवार पञ्चदेवल विनायक नगरपालिकामा निर्माणाधीन योजनाहरूको स्थलगत अनुगमन गरिएको हो।

समितिका अनुसार पञ्चदेवल क्याम्पसमा निर्माण भइरहेको भवन, विद्यामन्दिर नमुना माविको खेलमैदान, कुइका स्वास्थ्य चौकी, तथा निर्माण कार्य अवरुद्ध भएको कालेकाँडाको वडा कार्यालय लगायतका योजनाहरूको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा योजनाहरू प्राविधिक स्टिमेट अनुसार सम्पन्न भएका छन् वा छैनन् भन्ने, कामको गुणस्तर, सामग्रीको प्रयोग लगायतका पक्षहरूबारे नाप जाँच गरिएको नायव सुब्बा अमर जैशीले जानकारी दिए।

योजनाको समग्र प्रगति सन्तोषजनक रहेको जसमा कार्यरत सब इन्जिनियर बागेश्वरी जैशीले बताइन्। उनका अनुसार पञ्चदेवल विनायक नगरपालिकाभित्रका अधिकांश पूर्वाधार योजनाहरू निर्धारित मापदण्ड अनुसार अगाडि बढिरहेका छन्।

अनुगमन टोलीमा जिसस उपप्रमुख शाही, नायव सुब्बा जैसी, सब इन्जिनियर बागेश्वरी जैसी, पञ्चदेवल विनायक नगरपालिका सब इन्जिनियर गोकर्ण प्रसाद तिमिल्सैना, तथा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति सदस्य दिनेश केसीको सहभागिता रहेको थियो।

जिसस अछामले यसअघि रामारोशन गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाका योजनाहरूको अनुगमन गरिसकेको र अब जिल्लाका सबै स्थानीय तहमा पुगेर अनुगमन गरिने जानकारी दिएको छ।

Previous Post

मंगलसेन पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

Next Post

दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुनेगरी काम गरिने छ- प्रधानमन्त्री

Next Post

दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुनेगरी काम गरिने छ- प्रधानमन्त्री

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In