कैलाली । स्थापना भएको छोटो समयमा नै आगोको झिल्को झै देशैभर हिन्दु युवा हरुको ढुकढुकी बनेको निर्विकल्प युवाहरुको शक्ति विश्व हिन्दु युवा संघ जनताको माझमा राष्ट्र र धर्म बोकेर उभिएको जगजाहेर छ। आधुनिक सभ्यता र मौलिक सभ्यता को फ्युजन बोकेर युवाहरूको एउटा बेजोड चाहना संगै बनेको निर्विकल्प स्वतन्त्र धार्मिक संगठन हो ।
विश्व हिन्दु युवा संघमा पदिय दायित्व र जिम्मेवारी पाएका सम्पूर्ण युवाहरुलाई सुदुर पशिम सयोजक सम्राट सिंहले आग्रह गरेका छन् । संगठनात्मक भूमिका निर्वाह गर्न सक्नुहुन्न भने राजनीति दलमा जानुस् नेता बन्नुस, अभियानमा जानुस् अभियन्ता बन्नुस तर हाम्रो संगठनको पदिय हैसियत भनेको पदका लागि पद होइन।
जिम्मेवारी भनेको हातमा हतकडी लगाएर बसेको कैदि जस्तो होइन। कर्मवीर बनौ, संगठन लाई आगोको झिल्का जस्तै फैलाउ । पदको सदुपयोग गरि देश र धर्मको लागि केही गरौ। होइन भने पदिय दायित्व बिहिन बन्नुस। मलाइ घासेमैदानका हजारौं बाख्राको बथान होइन जंगलमा रहेका दुई चार बाघ भए पुग्छ। कुरुक्षेत्रको युद्धमा पाण्ड्ब पाँच मात्रै थिए महाभारतको अध्याय पल्टाएका थिए ।
प्रतिक्रिया