धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
गोदावरी वडा नम्बर ५ को वडा कार्यालय पछाडी रहेको गेटा ट्राफिक चोकदेखि गेटी–श्रीपुर आखाँ अस्पतालसम्म सडक विस्तार गर्नुपर्ने माग गर्दै स्थानीयले गोदावरी नगरपालिका–५ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। सडक विस्तार नहुँदा नहुँदा वर्षेनि विविध समस्याको सामना गर्नु परिरहेको स्थानीयको गुनासो छ।
५ नम्बर वडाका स्थानीयले सडक निर्माण गर्न ठेकेदारलाई असहज भइरहेकाले निर्माण कम्पनीलाई सहजता मिलाईदिन समेत आग्रह गरेका छन्। स्थानीयको समस्यालाई ध्यानमा राखि निर्माण कार्य अघि बढाउन वडा कार्यालयलाई आग्रह समेत गरिएको छ।
प्रतिक्रिया