Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

धनगढीको सहिदगेट–राजघाट सडक दुई वर्षदेखि अलपत्र

अछाम टुडे by अछाम टुडे
अप्रिल 6, 2023
in प्रदेश
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

धनगढीः धनगढीको सहिदगेट–राजघाट सडक निर्माणको ठेक्का २०७७ असार १४ गते सम्झौता भयो। तीन करोड ४७ लाखमा एक दशमलव २ किलोमिटर सडक निर्माण गर्न सम्झौता भएको हो।

तर, अझै सडक निर्माणको काम ६५ प्रतिशकत बाँकी छ। चालु आर्थिक वर्षको असारमा निर्माणको काम पूरा गर्नुपर्ने भए पनि सडकको ३५ प्रतिशत मात्र काम भएको धनगढी उपमहानगरपालिकाका इन्जिनियर दीजराज भट्टले बताए। उनले भने, ‘सडकको काम भएको छैन। ३५ प्रतिशत जति मात्रै काम भएको छ। अहिले काम सुरु भएको छ। असार मसान्तसम्म समय छ।’

धनगढी उपमहानगरपालिका र एड्भेन्चर निर्माण कम्पनीबीच सडक निर्माण गर्न सम्झौता भएको हो। निर्माण कम्पनीले दुई वर्षदेखि सडक निर्माणको काम अलपत्र पारेको हो। सडक निर्माणको काम अलपत्र पारेको निर्माण कम्पनीलाई कुनै कारबाही गरिएको छैन। सडक निर्माणको काम सुरु भएकाले असारसम्म पूरा हुने दाबी उपमहानगरपालिकाको छ। भट्टले भने, ‘काम नगरेको हो, म्याद छ। काम गर्यो भने त, असारसम्म सकिन्छ।’

कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने उक्त सडकको काम सोमवारदेखि सुरु भएको हो। लामो समयदेखि निर्माणको काम अलपत्र रहेकोमा सोमवारदेखि सुरु भएको छ। तर, सम्झौता अवधिभित्र पूरा हुनेमा भने आशंका गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले सडकको नालीसमेत निर्माणको काम पूरा नभएको बताए। उनले भने, ‘माटा सम्याउने काम हुँदैछ। नालीको पनि काम बाँकी छ। यहीँ गतिमा काम गर्ने हो भने सम्भव छैन। जनशक्ति बढायो भने मात्र सम्भावना छ। कालोपत्र नभए पनि ग्राभेलसम्म भए बर्खामा सहज हुने थियो।’

उक्त सडकको पुरानो कालोपत्रे भत्काइएको छ। साँघुरो सडकमा निर्माण सामग्री थुपारिएका कारण स्थानीयले सास्ती खेप्नु परिरहेको छ।

Previous Post

टीकापुरका दुबै क्याम्पसमा नेविसंघको प्यानल विजयी

Next Post

कैलालीको एक पालिकामा नगरप्रमुखले नै गरे छड्के अनुगमन

Next Post

कैलालीको एक पालिकामा नगरप्रमुखले नै गरे छड्के अनुगमन

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In