मदन जैसी अछाम :-जिल्लाको पन्चदेवल विनायक नगरपालि वडा न ७ पुल्लेतोला साविक को ८ नम्बर तुर्पान स्थित माने कामीको घरमा आज दिउँसो १ बजेको समयमा नास्ता बनाउन बालिएको आगो ननिभाउदा आगो लागेको स्थानिय तपेन्द्र रावलले जानकारी दिनु भयो ।
स्थानिय रावलका अनुसार आगलागीबाट घरमा रहेको धान , गहु , मकै ,लत्ताकपडा ,भाडा कुडा ,नगद रुपैयाँ गरि करिब ८ लाख बराबरको क्षति भएको जनाईएको छ ।
दिउसोको समय भएकाले आगलागीबाट पशुचौपाया र मानवीय क्षेती भने नभएको उन जानकारी दिनू भएको छ ।
प्रतिक्रिया