Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

मिथिलाञ्चलबासीको महान् पर्व चैती छठ आजदेखि सुरू

अछाम टुडे by अछाम टुडे
मार्च 25, 2023
in प्रदेश
4
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मिथिलाञ्चलबासीको महान् पर्व वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको छ ।

चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत पहिलो दिन शनिबार बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व सुरू गर्दैछन् ।

यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने दोस्रो दिन अर्थात पञ्चमीका दिन ‘खरना पर्व’ मनाइन्छ । खरनाको अवसरमा ब्रतालुहरु निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने खाने चलन छ । प्रसादमा खीर ,केरा, दुध एवम् मिठा राखेर बनाइएका विभिन्न परिकारसहित फलफुल चढाइने गरिन्छ ।

तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अर्घ दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ । अर्घमा मुला, उखु, भण्टा, मिठाको ठकुवा, भुसवा ,केरा, नरिवललागायतका सामग्रीहरु चढाउने परम्परा छ । सन्ध्या अर्घपछि रातभरि ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन हुन्छ । यो विधिलाई ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ ।

चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने, चर्म रोग निको हुने सन्तान हुने, र परिवारमा खुसीयालीसंगै प्रसन्नता प्राप्त हुने विश्वास रहेको छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले छठ पर्व मनाइने गरिन्छ ।

Previous Post

धामीझाँक्रीको भर पर्दा कैलालीमा गर्भवतीको मृत्यु

Next Post

बिहान ६ देखि साँझ ८ बजेसम्म रानीपोखरी सर्वसाधारणका लागि खुला

Next Post

बिहान ६ देखि साँझ ८ बजेसम्म रानीपोखरी सर्वसाधारणका लागि खुला

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

by सागर देबकोटा
मे 21, 2025
0

अछाम , – पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विशेष निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको...

Read more

रास्वपा पञ्चदेवल बिनायक–७ को प्रथम वडा अधिवेशन सम्पन्न, मदन बहादुर रावल सभापतिमा निर्वाचित

मे 14, 2025

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

मे 8, 2025

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In