Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कैलालीको सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

अछाम टुडे by अछाम टुडे
March 25, 2023
in प्रदेश
3
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कैलालीः कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन्। तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयवासीले बताउँदै आएका छन्।

धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक वनमा रहेको बताए। तीन दिनदेखि सोही क्षेत्रमा बाघले आवातजावत गरिरहेको उनको भनाइ छ। सामुदायिक वनमा दैनिक बाघ देखिन थालेपछि स्थानीयवासी बासिन्दा त्रसित भएको उनले बताए।

धनगढीसँगै जोडिएको कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिलाको शुक्रबार बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी थप त्रसित भएका छन्। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु हो।

बुधबार राति धनगढी–३ लालझाडी क्षेत्रको मोहना नदी किनार, भन्सार, मसान टोल क्षेत्रमा बाघ कराउँदै गरेको स्थानीयवासीले बताएका थिए। बाघ कराउँदै गरेको स्थानीयवासीले थाहा पाएपछि सुरक्षाकर्मीलाई खबर गरेको र असुरक्षित महसुस गर्दै आगो बालेर धपाएका थिए।

आज धनगढी–३ स्थित प्रस्तावित बसपार्क पछाडि बच्चासहितको बाघ हिँड्डुल गर्दै र कराउँदै गरेको अवस्थामा देखिएको वडाध्यक्ष ऐरले जानकारी दिए। उनले दैनिक जसो बाघ देखिएकाले नदी किनार तथा वन जङ्गल जाँदा सुरक्षित रहन अनुरोध गरे ।

Previous Post

झण्डै दुई करोड अमेरिकी डलरको ‘प्रोजेक्ट’ मा देखिएन प्रगति

Next Post

धामीझाँक्रीको भर पर्दा कैलालीमा गर्भवतीको मृत्यु

Next Post

धामीझाँक्रीको भर पर्दा कैलालीमा गर्भवतीको मृत्यु

प्रतिक्रिया

ताजा समाचार

विशेष

Tornado Cash mixer Ensuring Privacy and Security in Your Crypto Journey.html

by maximixer789
November 30, 2023
0

TORNADO.CASH: PROTECTING YOUR CRYPTO PRIVACY WITH ANONYMITY In the fast-paced world of cryptocurrencies, privacy and security are essential factors for...

Read more

गोरख बक्स गणद्धारा आयोजित मैत्रिपूर्ण भलिबल प्रतियोगितमा अछाममा सम्पन्न

November 30, 2023

Best Cryptocurrency Mixer in 2023.html

November 29, 2023

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

November 27, 2023

दैलेखमा श्रीमान् श्रीमतीको झगडामा श्रीमानको ज्यान गयो

November 27, 2023

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार कोरोना खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In