काठमाडौँः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गल्ती स्वीकार नगर्नेसँग पार्टी एकता सम्भव नरहेको बताएका छन्।
शनिबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। अध्यक्ष नेपालले भने, ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अझै पनि नेपालमा कम्युनिष्टहरु लोकप्रिय रहेकाले विचार मिल्नेहरुसँग गठबन्धन हुनसक्ने बताए।
उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुनसक्ने समेत बताए।
प्रतिक्रिया