काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय मान्यता जोगाउन सफल भएको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जोगाएको हो। आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको हो। त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१ रन बनायो।
यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ। नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो। जितसँगै नेपाल लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। अब नेपालले बाँकी दुई खेलमा जित निकाले सोझै विश्वकप खेल्न पाउने छ।
प्रतिक्रिया