नवबिस आधारभुत स्वास्थ संस्थाका १६ स्वयंसेविका लाई उन्नत चुलो बितरण
मंगलसेन नगरपालिका वडा नं ४ नवबिसका १६ जना महिला स्वास्थ स्वयंसेविका लाई उन्नत चुलो बितरण गरिएको छ ।

मंगलसेन नगरपालिकाका सङ्गको समन्वय तथा लाईभ लिहुडस फण्डसको आर्थिक सहयोग मा प्राटिकल एक्सन र आस्था नेपालको सयुक्त साझेदारिमा ग्रामिण भएका लागि उन्नत चुलोको बजारिकरण परियोजना को लागि गत २६ गते गरिएको अभिमुखिकरण तथा चुलो प्रदशनीकार्यक्रम पछि आज एक कार्यक्रम बिच उन्नत चुलो बितरण गरिएको छ ।
घर भित्रको प्रदुषण धुवाजन्य रोगको नियन्त्रण
लगायतको मुख्य विशेषता रहेको उक्त उन्नत चुलोको कार्यक्रम अछाम जिल्लाको ८ वटा पालिकामा उक्त कार्यक्रम लागू भैरहेको छ ।
जसमध्ये मंगलसेन नगरपालिका एक पालिका हो ।

एक कार्यक्रम का बिच नवबिस आधारभुत स्वास्थ इन्चार्ज सहित १५ जना स्वयंसेविका लाई आज वडा अध्यक्ष नाम सिङ धामी बाट उक्त चुलो बितरण गरिएको हो बितरण गर्दै अध्यक्ष धामिले चुलोलाई सहि ढंग बाट प्रयोग गर्ने समेत उत्प्रेरित गर्नुभएको मार्केटिङ एजेन्ट ज्ञानिन्द्र खड्का ले जानकारी दिनु भएको छ ।
यो परियोजना ले ग्रामीण भेगका समुदायमा अभिमुखीकरण तथा चुलोप्रदर्शनी कार्यक्रम सँगसँगै यसको प्रभाबकारिका लागि कार्यक्रमहरू लाई अगाडि बढाउन गर्ने गरी काम गरिरहेको संस्था ले कार्यहरू बडाएको छ ।
करिब ६३०० बराबरको चुलो अनुदान सहितको चुलो अहिले मंगलसेन नगरपालिका का समुदाय लाई परियोजना मार्फत ३७०० प्रोत्सान स्वरुप र उपभोक्ता ले २६०० पैसा तिरेर उक्त चुलो उपलब्ध हुने फिल्ड सहायक सागर देबकोटा ले जानकारी दिनु भयो । जसमा चुलोको वारेन्टी मर्मत सम्मार परियोजनाको साझेदार कम्पनि ले गर्ने गरि परियोजना लागू भैरहेको छ । यो परियोजना २०२७ सम्म पहिलो चरण को कार्यक्रम लागू हुने जानकारी समेत दिएका छन ।
उन्नत बायुपंखी चुलो भनेको पारम्परिक चुलोको सुधारिएको स्वरूप हो, जसले परम्परागत दाउराको तुलनामा अधिक दक्षता प्रदान गर्छ।

यसको मुख्य विशेषता भनेको
धुवाँ कम उत्पादन गर्ने – राम्रो डिजाइनका कारण इन्धन पूर्णरूपमा जलेर धुवाँ कम गर्छ।
कम इन्धन खपत गर्ने – सामान्य चुलोको तुलनामा ३०(५०५ कम इन्धन आवश्यक पर्छ।
तातो प्रभावकारी रूपमा उपयोग गर्ने – बायुपंखी प्रविधिले हावा राम्ररी प्रवाह गराउँछ, जसले ताप बढी उत्पन्न गर्छ।
स्वास्थ्यमा सकारात्मक असर पार्ने – कम धुवाँले फोक्सोसम्बन्धी समस्याहरू कम गर्छ।
पर्यावरणमैत्री – वनजंगलको दाउराको प्रयोग घटाउँछ, जसले वातावरणीय प्रभावलाई न्यून पार्छ।
यसलाई विशेषगरी ग्रामीण भेगमा खाना पकाउने क्रममा परम्परागत चुलोको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ ।


प्रतिक्रिया