धनगढीः कैलालीमा ४१ हजार नगदसहित ३ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–४ को खैरना जंगलमा जुवा खेलिरहेको अवस्थामा ४१ हजार नगद सहित ३ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए।
उनका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका ४ का बिरेन्द्र कलेल, गजेन्द्र महरा र गोदावरी नगरपालिका–१ कै राकेश साउँद रहेका छन्।Dinesh khabar
प्रतिक्रिया