Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

डोटीमा दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता हुँदै

अछाम टुडे by अछाम टुडे
मार्च 12, 2023
in खेल
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

डोटीः नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। खप्तड क्षेत्रमा २०८० जेठ १६ गते लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा सो प्रतियोगिता आयोजना गर्न लागिएको भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताए।

सुदूरपश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमाक्षेत्रमा रहेको भू–स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्लपक्षको दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्छ। सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिता पनि आयोजना गरिने उनले बताए।

पुरुषतर्फको म्याराथन प्रतियोगिता खप्तडदेखि सिलगढीस्थित शैलेश्वरी मन्दिरसम्म ४२ किलोमिटर रहनेछ भने महिलातर्फको झिङ्ग्रानादेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म २१ किलोमिटर रहनेछ।
म्याराथनमा पुरुषतर्फ प्रथम हुनेले एक लाख ५० हजार र महिलातर्फ प्रथम हुनेले ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै पुरुषतर्फ द्धितीयले ८० हजार, तृतीयले ५० हजार पाउनेछन् भने महिलातर्फ द्वितीयले ३० हजार, तृतीयले २० हजार पाउने छन्। त्यस्तै भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई २० हजार पुरस्कार दिइनेछ भने घोडा डौडतर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई पाँच हजार तथा डेउडा प्रतियोगितामा प्रथम हुनेलाई एक लाख पुरस्कारको व्यवस्था गरिएको सेनाले जनाइएको छ।

उक्त प्रतियोगितामा खप्तड पर्यटन विकास समिति, स्थानीय सरकार, विभिन्न सङ्घ संस्था, उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने भएका छन्। म्याराथन बाहेकका सबै प्रतियोगिता गङ्गा दशहरा मेलाभन्दा अगाडि सम्पन्न हुनेछन्। म्याराथन प्रतियोगिता भने मेलाको भोलिपल्ट जेठ १७ गते हुनेछ।

Previous Post

उपराष्ट्रपति निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

Next Post

आज शीतल निवास छाड्दै विद्यादेवी भण्डारी 

Next Post

आज शीतल निवास छाड्दै विद्यादेवी भण्डारी 

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In