सागर देबकोटा अछाम-
तत्कालिन समयमा गोर्खाली राजा श्री५रण बहादुर शाहालेअछाम जिल्लाको पुर्बी भेग बिनायक मा अवस्थित कालासिल्ला मस्टादेबताको दैबि शक्ति चेक जाँच गर्न गोर्खाली पल्टन लाई पठाएका थिए।गोर्खाली पल्टनले दैबि शक्ति चेक जाँच गर्ने विभिन्न किसिमका परिक्षण गरेका थिय।उक्त परिक्षण सफल पश्चाप सोही समयमा कालाशिल्ला मस्टादेवता को दैबि शक्ति बाट तत्कालीन गोर्खाली राजा श्री ५ रण बहादुर शाहा प्रसन्न भैइ बि.सं१८६३चैत्र ४ मा मस्टादेवता का धामी जसु धामी, पुजारी सुपारी पाध्या र फुलपाते चाउरा धामी लाई बोलाई गुट बिर्ता थामियको थियो सोही समय देखि हाल सम्म कालाशिल्ला मस्टा देवता गुठी संस्थाको रुपमा रहदै आयको छ। उक्त अग्नि परिक्षा बाट सफल कालाशिल्ला मस्टा देबतालाई मनोकांक्षा पूरा गर्ने देवता को रुपमा लिईन्छ।
बार्षिक रुपमा मुख्य गरेर बर्षको ३ पटक पुजा अर्चना गर्ने गरिन्छ। दैलेख , कालिकोट , जुम्ला, बाके बर्दिया , कैलाली , बाजुरा आदि क्षेत्र बाट शको पुजाआजा गर्न भक्तजन हरु आउने गर्छन । स्वर्गीय जसु धामिको पाला देखि अहिले सम्म ७ जना धामी भैसकेका छन हाल एस देवता का धामी शेर बहादुर धामी छन,पुजाआजा आफ्नो मनोकांक्षा पूरा होस भनेर श्रदालुभक्तजनले भाक्कल गर्ने गर्दछन।एदि तोकियको समयावधि भित्र मनोकांक्षा पूरा भयमा कालाशिल्ला मस्टा देवता लाई भाकल गरियको बस्तु सुन चादी, तामा, पितल ,बस्त ,घोडा , बोका आदि चडाउने गर्दछन ।
सोही अनुरुप गत साल कालिकोट जिल्ला नरहरीनाथ गाउपालिका लालु निबासी श्री ब्यासी शाहिले आफ्नो मनोकांक्षा पूरा भैइ कालो घोडा चडायका थिय । भने यो सालमा कालिकोट जिल्ला नहरिनाथ गाउपालिका वडा नं ९ लालुका का अमर बहादुर शाही र श्रीमती चिरन देबि शाही ले पनि आफुले सोचेको पूरा भयको कारण कालाशिल्ला देवता लाई घोडा चढाईएका हुन।गतसाल चढाईएका घोडा सोही मन्दिरका कार्यकर्ता दिल्प धामिलाई दिईयको र एस बर्ष चढाईएको घोडा कालाशिल्ला मस्टा देवता का मुख्य कार्यकर्ता नाई ठाकुर अर्थात टिकैत चक्र बहादुर शाहिका भाइ ललित बहादुर शाही लाई उक्त घोडा दिईएको मुख्य धामी शेर बहादुर धामिले बतायको छन।
एसरी नै मन्दिरमा चढाईने अन्य नगद,जिन्सि, सामाग्रीहरु पनि मन्दिरको वृद्धि बिकास का लागि प्रयोग गरियको पाहिन्छ। मन्दिर मा चडाईने तामा बाट आवश्यक पर्ने सास्कृतिक बाजा बनाउने गरियको छ।बिगतका दिन हरुमा पनि एस देवता लाई चडाईएका सामाग्री हरु प्रसादिको रुपमा कालासिल्ला मस्टा देवता का कार्यकता , छरछिमेक र समाजका भद्र भलादिमी लाई बोलाई न्यायोचित समान ढंगले बितरण गरियको र आगामी दिनहरुमा पनि यसै परम्परा लाई निरन्तरता दिईने कुरा कालाशिल्ला मस्टा देबताका मुख्य संरक्षक एबम धामी शेर बहादुर धामिले बतायका छ ।
प्रतिक्रिया