पन्चदेवल बिनायक नगरपालिका वडा नः२ स्थित लामागडा भन्ने ठाउमा आगलागी हुदा १ छानो सहित ४ कुनिया पराल पुणर् रुपमा जलेर नस्ट भएको छ।
आज करिब ६ बजे तिर गगन धामिको भैंसी गोठमा आगो बाल्ने क्रममा गोठमा राखिएको खरबाट छानोमा आगो सल्किएको र त्यसले ठूलो रुप लिदा छानो नजिकै रहेको गगन धामिका भतिजा बिरेन्द्र बहादुर धामिको रुखमा राखेको करिब ४०० गिल्टा पराल जलेर नस्ट भएको हो।
आगलागी अहिले नियन्त्रणमा आईसकेको इलाका प्रहरी कार्यालय बिनायकका प्रहरी हवल्दार ललित बिकले रेडियो पञ्चदेवललाई जानकारी दिनुभयो । आगलागी बाट कुनै मानविय क्षति नभएको इलाका प्रहरी कार्यालय बिनायकका प्रहरी हवल्दार बिकले जानकारी दिनुभएको छ।
प्रतिक्रिया