वडा स्तरीय बाल स्पोन्सर सिप तथा बाल संरक्षण सम्बन्धी १ दिने अभिमुखि करण कार्यक्रम कमलबजार नगरपालिका वडा न. ५ कुइकामा समपन्न भएको छ ।
आस्था नेपालको आयोजना,वल्ड भिजनको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा कमलबजार नगरपालिका वडा न. ५ का वडा अध्यक्ष नन्दसिङ चलाउने अध्यक्ष रहनु भएको थियो ।
अभिमुखिकरण कार्यक्रममा बाल स्पोन्सर्सिप र बाल संरक्षण पर्णाली परियोजना सम्बन्धि जानकरी गराइएको थियो ।
यस्तै कार्यक्रममा सबै वडा सदस्यहरु ,माध्यमिक विध्यालयका प्र.अ. र शिक्षक , स्वास्थ इन्चार्ज , स्वास्थ स्वयंसेविका ,समाजसेवि ,अभिभावक ,बाल क्लबका बालक र बालिका हरु आस्था नेपालका लभजंग कुवरको सहभागिता रहेको कार्यक्रमको संचालन आस्था नेपालका अम्बिका थापाले गर्नु भएको थियो ।
प्रतिक्रिया