६ पौष २०७७
बिनायक । हातेमालो बचत तथा ऋण सहकारी संस्था बिनायकको बैठक संस्थाको साधारणसभा गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।
संस्थाका संचालक समिति अध्यक्ष बखत कडायतको अध्यक्षतामा भएको बैठकले १८ औं साधारणसभा पौष महिनाको १८ गते गर्ने निर्णय गरेको हो ।
सोमबार सम्पन्न बैठकले विभिन्न शाखाहरुको भेला गर्ने मिति तय गरेको छ । जस अनुसार पौष ११ गते कालेकाडा र बारला , १२ गते पुल्लेतोला र लयाटी र १४ गते कालिकास्थान र तोलिमा शाखा भेला गर्ने निर्णय भएको संस्थाका उपाध्यक्ष दिपेन्द्र धामीले जानकारी दिए ।
पन्चदेवल बिनायक नगरपालिकाको अग्रणी सहकारी संस्था हातेमालोमा ३५ सय बढी सेयर सदस्य रहेका छन ।
प्रतिक्रिया