काठमाडौं : छैटौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झन्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्यालीसमेत निकालेको थियो।
२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झन्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।
उनले झन्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान सुरु गरेको बताए। ‘१९६२ डिसेम्बर १६ को दिन २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झन्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा सम्झिने गर्छौं,’ उनले भने, ‘झन्डाको पहिचानलाई उजागर गर्नको लागि हामीले यो अभियानको सुरुवात गरेका हौँ।
नेपालीलाई नै झन्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान सुरु गरेका हौँ । युवा पुस्तालाई झन्डाप्रति जागृत गराउन यो दिवस सुरु गरिएको हो।’
प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झन्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ।
प्रतिक्रिया