काठमाण्डौ – धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात प्रयास भएको छ । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नुभएका ओलीमाथि आज बिहीवार हातपात प्रयास भएको हो ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका–५ लेगुवामा ओलीमाथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन् । ओलीमाथि हातपात प्रयास गर्ने राईलाई सुरक्षाकर्मी र सङ्कल्प यात्रामा रहेकाहरूले नियन्त्रणमा लिएका छन् । प्रहरीका अनुसार राईले जाँड–रक्सी खाएका थिए ।
प्रतिक्रिया