काठमाडौं, २८ मंसिर : चितवनमा शुक्रबारदेखि सुरु भएको गौतमबुद्ध कप टी-२० प्रतियोगिताको दोस्रो खेलमा आज राप्ती र बागमती टिम खेल्दैछन् ।
यी दुई टिमबीचको म्याच नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । म्याच भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । बागमतीमा ज्ञानेन्द्र मल्ल र राप्तीमा विनोद भण्डारी कप्तान छन् ।
पहिलो म्याचमा नारायणीविरुद्ध ‘सुपर ओभर’मा पराजित भएको बागमती दोस्रो म्याचमा जित हासिल गर्न चाहन्छ । राप्ती पहिलो म्याचमै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।
राप्तीको सम्भावितको प्लेइङ-११ : अमित श्रेष्ठ, लोकेश बम, विनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, शरद भेषावकर, आशिफ शेख, सूर्य तमाङ, भुवन कार्की, अविनाश बोहरा, कमलसिंह ऐरी र जितेन्द्र मुखिया ।
बागमतीको सम्भावितको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), सुनिल धमला, अनिल साह, प्रदीप ऐरी, रोहितकुमार पौडेल, पवन सराफ, सोमपाल कामी, राशिद खान, ललित राजवंशी, सागर ढकाल र विक्रम सोब ।
प्रतिक्रिया