मङ्सिर २६ अछाम : अछाममा शुक्रवार थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बान्निगढी टुडेलाइ जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगलसेन नगरपालिकाका १२ जना पुरुष र ४ जना महिला, कमलबजार नगरपालिकाका १ जना पुरुष, पंञ्चदेवल बिनायक नगरपालिकाका १ जना महिला गरी १८ जनामा कोरोना पुष्टी भएकोे छ ।
अछाममा हालसम्म २७ सय २७ जनामा कोरोना परीक्षण गर्दा ४३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रतिक्रिया